Logo

Subscribe

Get the latest updates delivered straight to your inbox.

About Us

Freedom Forum is a prominent non-governmental organization in Nepal dedicated to institutionalizing democracy, protecting and promoting human rights, press freedom, freedom of expression, right to information, promoting audit accountability, open and accountable budget, public finance reforms, citizen engagement in public finance management and citizen participation in audit. Established in February 2005, the organization emerged in response to the political turmoil following Former King Gyanendra’s coup dated February 1, 2005, which imposed severe restrictions on media and democratic rights. A group of media professionals, legal experts, and academics founded Freedom Forum to safeguard Nepal’s hard-earned democratic freedoms during this repressive period.

Know More
Newsletter image

Subscribe to the Newsletter

Join 10k+ people to get notified about new posts, news and tips.

Do not worry we don't spam!

साइबर सुरक्षा र मिथ्या सूचना स्वतन्त्र तथा निष्पक्ष निर्वाचनका लागि गम्भीर चुनौती

फ्रिडम फोरम लगायत २० वटा डिजिटल अधिकार तथा प्रेस स्वतन्त्रता सम्बद्ध संस्थाहरूले संयुक्त विज्ञप्ति मार्फत आगामी फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा भौतिक सुरक्षा र साइबर सुरक्षा सुनिश्चित गरि मिथ्या सूचनामुक्त स्वतन्त्र तथा निष्पक्ष निर्वाचन बनाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।

२०८२ माघ २४ गते (शनिबार) विज्ञप्ति जारी गर्दे संस्थाहरुले, नागरिक समाज संस्था, सञ्जाल तथा अभियन्ताहरु यस अभियानमा पूर्ण रुपमा प्रतिबद्ध रहेको कुरा समेत स्पष्ट पारेका छन् । 

 

प्रेस विज्ञप्ति

साइबर सुरक्षा र मिथ्या सूचना स्वतन्त्र तथा निष्पक्ष निर्वाचनका लागि गम्भीर चुनौती

२०८२/१०/२४
काठमाडौँ ।

हामी लोकतन्त्र, प्रेस स्वतन्त्रता र डिजीटल अधिकारको प्रर्वद्धनमा क्रियाशील संस्थाहरु नेपालमा हुन गइरेहको आगामी निर्वाचनको सन्दर्भमा साइबर सुरक्षा तथा मिथ्या र भ्रामक सूचनाको बढ्दो जोखिमप्रति गम्भीर चिन्ता व्यक्त गर्दछौं । निर्वाचनअघिको समग्र अवस्था नै क्रमशः चिन्ताजनक बन्दै गएको छ र विशेष गरी निर्वाचन अघिका तीन दिन अत्यन्तै संवेदनशील हुने हाम्रो निष्कर्ष छ ।

स्वतन्त्र तथा निष्पक्ष निर्वाचनले भौतिक मतदान प्रक्रियाको सुरक्षा मात्र नभइ मिथ्या सूचना, दुष्प्रचार र सूचना हेरफेरबाट मुक्त सूचना वातावरणको सुनिश्चितता पनि जनाउँछ । यस संवेदनशील अवधिमा योजनाबद्ध रुपमा फैलाइने मिथ्या सूचना र दुष्प्रचारले निर्वाचनको विश्वसनियता, सामाजिक सद्भाव र सार्वजनिक विश्वासमा अपूरणीय क्षति पु¥याउन सक्ने जोखिम अत्यन्तै उच्च छ । साथै, नेपालको निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ का रुपमा प्रयोग गर्न सकिने सम्भावनाप्रति पनि हामी गम्भीर रुपमा सचेत गराउन चाहन्छौं ।

हाम्रो छलफल तथा विश्लेषणका क्रममा निर्वाचन आयोग (ECN) तथा केही नागरिक समाज संस्थाहरु मिथ्या सूचना पहिचान र विष्लेषणमा सक्षम र प्रतिबद्ध देखिए पनि, समग्र निर्वाचन पर्यवेक्षण संयन्त्र यस गम्भीर चुनौतीप्रति पर्याप्त रुपमा सक्रिय हुन नसकेकोप्रति हामी चिन्तित छौं ।

यस सन्दर्भमा हाम्रो विश्लेषण र सुझाव निम्नानुसार छन् :-

  • मतदानको मिति नजिकिँदै गर्दा मिथ्या सूचनाविरुद्ध सार्वजनिक सूचना तथा सचेतना अभियानहरु तत्काल तीव्रताका साथ सुरु गरिनु आवश्यक छ ।
  • मिथ्या सूचना र दुष्प्रचारका सङ्गठित अभियानहरुको प्रभावकारी सामना गर्न सरकार, निर्वाचन आयोग, मिडिया र नागरिक समाज संस्थाहरुबिच प्रभावकारी समन्वय र संस्थागत प्रयास अपरिहार्य छ । यसका लागि सम्पादक तथा पत्रकारहरुका लागि ‘‘मिथ्या सूचना ड्यासबोर्ड’ जस्ता साझा संयन्त्र विकास गर्नुका साथै, मिडिया हाउसहरुबीच सहकार्य गरी सार्वजनिक रुपमा मिथ्या तथा भ्रामक सूचना र दुष्प्रचारको द्रुत तथा तथ्यमा आधारित खण्डन गर्ने प्रणाली तत्काल निमार्ण गरिनुपर्छ ।
  • डिजिटल युगमा निर्वाचनका बेला साइबर सुरक्षाले सार्वजनिक विश्वास, समाजिक सद्भाव र लोकतान्त्रिक स्थायित्वमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यो विषय अब केवल प्राविधिक तहमा सीमित नरही राष्ट्रिय सुरक्षाको गम्भीर मुद्दा बनेको छ । तसर्थ, नेपाल सरकारले नेपाल प्रहरीको साइबर ब्युरोलाई तत्काल पर्याप्त स्रोत, जनशक्ति र प्राविधिक क्षमता उपलब्ध गराउनु आवश्यक छ ।
  • सामाजिक सञ्जालमा सक्रिय कन्टेन्ट क्रिएटरहरुले जनमत निर्याणमा उल्लेखनीय प्रभाव पार्ने भएकाले, निर्वाचन आयोग र नागरिक समाजले उनीहरुलाई जिम्मेवार सूचना प्रवाहका लागि सचेत गराउनुका साथै उनीहरुलाई उत्तरदायी  बनाउने स्पष्ट र पारदर्शी पहल गर्नुपर्छ ।
  • अन्र्तराष्ट्रिय सामाजिक सञ्जाल प्लेटफर्महरु र त्यसमा पनि विशेष गरी नेपालमा व्यापक प्रयोगमा रहेका मेटा र टिकटक लगायतका प्लेटफर्मसँग निर्वाचन आयोगले तत्काल समन्वय गरी मिथ्या तथा भ्रामक सामग्री पहिचान र नियन्त्रणमा सक्रिय र उत्तरदायी भूमिका निर्वाह गर्नुपर्छ ।
  • छापा तथा अनलाइन मिडियाका प्रकाशक र सम्पादकहरुले ‘अनफलो क्याम्पेन’ लगायतका दबाब, धम्की वा भयका कारण स्वनियन्त्रण (sel-censorship) अभ्यास गर्नु उचित हुँदैन । यस्तो स्वनियन्त्रण पत्रकारिताको आधारभू्त मूल्य, व्यावसायिक आचारसंहिता र लोकतान्त्रिक जिम्मेवारीबाट पन्छिनु सरह हो ।

नेपालको लोकतान्त्रिक प्रक्रियाको विश्वसनियता सुरक्षित मतपेटिकाले मात्र नभई सही, तथ्यपरक र सचेत सूचनामा आधारित जनमतले निर्धारण गर्छ । यस पहलको नेतृत्व निर्वाचन आयोगले गर्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ र उक्त प्रक्रियालाई सशक्त रुपमा सघाउन तथा विस्तार गर्न नागरिक समाज संस्था, सञ्जाल तथा अभियान्ताहरु पूर्ण रुपमा प्रतिबद्ध रहेको कुरा स्पष्ट पार्न चाहन्छौं ।

 

सरोकारलावा संस्था तथा सञ्जालहरु

१ डिजिटल राइट्स नेपाल

२ डिग्निटी इनिसियटिभ

३ सेन्टर फर मिडिया रिसर्च - नेपाल

४ फ्रिडम फोरम, नेपाल

५ ओपन इन्टरनेट नेपाल (इन्टरनेट सोसाइटी नेपाल च्याप्टर)

६ मिडिया एड्भोकेसी ग्रुप (म्याग)

७ चाइल्डसेफनेट

८ डिजीटल मिडिया फाउन्डेसन

९ मिडिया एक्सन नेपाल

१० ह्युमन राइट्स एण्ड जस्टिस सेन्टर

११ बडी एन्ड डाटा

१२ पर्पल फाउन्डेसन

१३ नेपाल इन्टरनेट फाउन्डेसन

१४ नेपाल मतदाता अधिकार मञ्च

१५ द स्टोरी किचेन

१६ युथ इनोभेसन ल्याब

१७ नागरिक आवाज

१८ नेपाल शान्ति संस्था

१९ वुमन लीडर्स इन टेक्नोलोजी

२० अकाउन्टविलिटि ल्याब नेपाल     

 

You might be interested: