सूचनाको हक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नेपाली मिडियामा महिला सहभागिताको अभिवृद्धिको लागि काम गर्दै आएको यस संस्थाले विगत झै विभिन्न मिडियासम्वद्ध संस्था, कलेज तथा विद्यालयसँग मिलेर यस वर्ष पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विशेष महत्वका साथ संघीय राजधानी काठमाडौंमा मनाउँदै छ । यसै क्रममा फ्रिडम फोरम, नेपाल वातावरण पत्रकार समूह, नेपाल पत्रकार महासंघलगायत विभिन्न सत्र वटा संस्थाले संयुक्त रुपमा एक ¥यालीको आयोजना गर्दैछन् । सञ्चारमाध्यम भित्र र संचारमाध्यममार्फत सबैतिर महिला सहभागिता (समाचारकक्ष, व्यवस्थापन, नेतृत्व र नीतिगत तहमा) लाई प्रवर्धन गर्ने उद्देश्यले सा ¥यालीको आयोजना गरिदैं छ । “समावेशी सञ्चार महिलामैत्री व्यवहार” भन्ने नाराका साथ ¥याली दिउँसो १ः०० बजे भृकुटीमण्डपबाट सुरु भई वसन्तपुर दरबार प्राङ्गणमा पुगेर टुङ्गिनेछ । वसन्तपुर प्राङ्गणमा विभिन्न कलेज, विद्यालय तथा कलाकारले महिला अधिकार सम्बन्धी कविता वाचन तथा नृत्य प्रस्तुत गर्नेछन् । महिला अधिकारका लागि सम्बद्ध विभिन्न संस्थाले सहकार्य गर्ने सो ¥यालीमा सयौं व्यक्ति सहभागी हुनेछन् । सो कार्यक्रममा यहाँको सक्रिय सहभागिताका लागि फ्रिडम फोरम अनुरोध गर्दछ । फ्रिडम फोरम
कार्यक्रममा सहभागिताका लागि अनुरोध
You might be interested:
ECN imposes fine against Setopati online
Apr 29, 2026